stcnepal long ad
Himalayan bank

एशियन लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न

हकप्रद र लाभांशको प्रस्ताव पारित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल क्लासिक सिमरामा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत (१ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ ।

लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० एनएफआरएस बमोजिम आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथि छलफल तथा पारित गरेको छ ।

साधारण सभाले सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा १ जनालाई नियुक्त गर्ने निर्णय गरिएकोमा सो को अनुमोदन गरेको छ । सभाले आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम रु ५ अर्ब चुक्ता पूँजी पुर्याउन ७.७५५ बोनश शेयर वितरण पश्चात हुने चुक्ता पूँजी रु ३,३९,९८, ३६, ३०७ को ४२ प्रतिशत अर्थात १ः०.४२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले उल्लेखित बोनश शेयर वितरण र हकप्रद शेयर निष्काशन पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने छ ।

साथै, शेयर संरचनामा परिवर्तन पश्चात् संचालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि संचालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना तथा १ जना स्वतन्त्र संचालक रहने गरी जम्मा ६ जनाको संचालक समिति कायम रहने र  सोही  बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

 

himalayan life insurance
igi long