citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दिने निर्जीवन बीमा अभिकर्ताको निःशुल्क तालिम सञ्चालन गर्ने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दिने निर्जीवन बीमा अभिकर्ताको निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले बीमा व्यवसाय अभिवृद्धि तथा स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यले फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म तालिम सञ्चालन अभिकर्ता तालिम सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ ।

तालिम कम्पनीको केन्द्रीय कार्यालय, थापागाँउ, काठमाडौंदेखि भर्चुअल माध्यमबाट बिहान ९ः३० बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ ।

अभिकर्ता भएर काम गर्न बीमा इजाजतपत्र लिन पर्ने भएकाले कम्पनीले चैत्र १ गते साढे ४ बजेदेखि साढे ५ बजेसम्म अभिकर्ता परीक्षा सञ्चालन हुनेछ ।

पहिले आवेदन दिने ५० जनालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।तालिममा सहभागी हुन एसएलसी ९एसईई० वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

इच्छुक तथा योग्य नागरिकले आवश्यक कागजातसहित फागुन २७ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनपर्ने कम्पनीले जनाएको छ ।

 

himalayan life insurance
igi long