हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ ११ गते बिहीबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुक क्लोज गर्ने भएको छ । माघ १२ र १३ गते क्रमशः शुक्रबार र शनिबार परेकाछन् ।
त्यसैले यी दुई दिन सेयर कारोबार हुँदैन । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नुपर्नेछ । गत वर्षको नाफाबाट हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले माघ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारणसभा बानेश्वर ब्यांकेट थापागाँउ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।