अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार १५ अमेरिकी डलर अर्थात् ०.३५ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार १०० अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ ।
तेलको उच्च मूल्यले मुद्रास्फीति बढ्ने चिन्ता र कडा मौद्रिक नीतिको सम्भावना बनेपछि सुनको मूल्य लगातार तेस्रो कारोबार सत्रमा घटेको हो। अन्य बहुमूल्य धातुको मूल्यमा पनि मिश्रित उतारचढाव देखिएको छ।
चाँदीको मूल्य ०.७ प्रतिशतले घटेर प्रतिऔँस ५६.६९ अमेरिकी डलरमा झरेको छ। प्लाटिनमको मूल्य प्रतिऔँस १ हजार ६३९.६५ डलरमा स्थिर रहेको छ भने प्यालेडियमको मूल्य ०.७ प्रतिशतले घटेर प्रतिऔँस १ हजार ११२.०८ डलर कायम भएको छ।






















