stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज सोमबारबाट हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबारमा आउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सोमबारबाट हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबारमा आउने भएको छ। हिमालयन रिइन्स्योरेन्सको आइपीओ हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबार आउँछ। सोही बमोजिम हिमालयन रिइन्स्योरेन्सको आइपीओ पनि सोमबारबाट कारोबारमा आउने भएको हो।

हिमालयन रिइन्स्योरेन्सको १०० रुपैयाँ अंकित दरका कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ७ करोड कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारमा रहेका नेपाली र कर्मचारी सहित)को ३ करोड कित्ता शेयर (३० प्रतिशत) सूचीकृत भएको छ।

नेप्सेले हिमालयन रिइन्स्योरेन्सलाई एचआरएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १०३.०७ रुपैयाँदेखि अधिकतममा ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ।

यदि आज स्पेसल प्रिओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउने छ।

हिमालयन रिइन्स्योरेन्सले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते गरिएको थियो।

prabhu mahalaxmi
kumari