stcnepal long ad
global ime bank long

नेपाल हस्तकला महासंघ वाणिज्य परिषदको सहकार्यमा जोरपाटीको बिआइए इन्ष्टिच्युटमा विदेशी कलाकारद्धारा ह्विलचियर वितरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल हस्तकला महासंघ वाणिज्य परिषदको सहकार्यमा विभिन्न देशका चित्रकला सम्बन्धि कलाकारहरुले जोरपाटीको बिआइए इन्ष्टिच्युटमा ह्विलचियर वितरण गरेका छन् ।

स्लोभाकिया, अमेरिका र आयरल्याण्डका कलाकारहरुले जोरपाटीमा आयोजित एक कार्यक्रमका बीच ह्विलचियर वितरण गरेका हुन् ।

नेपालबाट हस्तकलाका सामानहरु आफ्नो देशमा आयात गरेर विक्री वितरण समेत गर्दै आएका कलाकारहरुले हस्तकलाका क्षेत्रमा काम गर्ने अपांगता भएका व्यक्तिहरुलाई सहयोग होस् भन्ने उद्देश्यले ह्विलचियर वितरण गरेको बताए ।

अमेरिकाकी जोन फुलर्टन, स्लोभाकियाकी जुजाना हानाकोभा, अमेरिकाकी मारिय तेलोर , आयरल्याण्डका एलेक्स मरिसस र आयरल्याण्डकै लोरा मर्फीले जोरपाटीको बिआइएमा रहेका हस्तकला सम्बन्धि काम गर्ने अपांगता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण गरेका हुन् ।

ह्विलचियर वितरण कार्यक्रममा बिआइएका कलाकारहरुसँग अन्तरकृया समेत गरिएको थियो । अन्तरकृया कार्यक्रममा बिआइएका कलाकारहरुले हस्तकला उत्पादनको बजारीकरण समस्याका विषयमा विदेशी कलाकारहरुसँग जिज्ञासा राखेका थिए ।

सो क्रममा ह्विलचियर वितरण गरेका विदेशी कलाकार भावुक समेत भएका थिए । बजारीकरण तथा अन्य विषयमा सहकार्यका लागि आफूहरुले प्रयास गर्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा वाणिज्य परिषदका सभापति तथा हस्तकला महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले नेपाली कलाकारलाई प्रोत्साहन गर्दै ह्विलचियर वितरण गरेकोमा विदेशी कलाकारको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

विदेशबाट आउँदा हिवलचियर ल्याउने परम्परा विकास गर्न सके अपांगता भएका धेरै व्यक्तिहरु लाभान्वित हुने उनको भनाई थियो । विदेशका विभिन्न ठाउँमा रहेका आफ्ना ग्राहकहरुलाई आफूले ह्विलचियरका लागि आग्रह गर्ने बताउँदै उनले पहुँचमा रहेका अन्य व्यक्तिहरुलाई पनि त्यस्तै प्रस्तावका लागि आग्रह गरे ।

नेपाल हस्तकला महासंघ वाणिज्य परिषदको सहकार्यमा जोरपाटीको बिआइएमा चित्रकलाका विदेशी कलाकारको बिआइए इन्ष्टिच्युटमा ह्विलचियर वितरण

IME Lifesidebar
kumari