citizens life insurance long ad
stcnepal long ad

नेको इन्स्योरेन्सको असोज १९ गते विशेष साधारण सभा

हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्सको असोज १९ गते हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बस्ने भएको छ । विशेष साधारण सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५५ हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद सेयरका लागि नियामक बिमा प्राधिकरणले अनुमति दिइसकेको छ । विशेष सभाबाट प्रस्ताव पारित भएपछि हकप्रद सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ ।

बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुन्छ । सभा प्रयोजनका लागि यसले असोज १० गते बुक क्लोज गरिसकेको छ । यसआधारमा असोज ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

IME Life
kumari