stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल टेलिकमको ९ महिनामा आम्दानी ६७ करोड घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ३१ गते बुधबार

काठमाडौं ।चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको आम्दानी घटेको छ । गएको आर्थिक वर्षको पहिलो ९ महिनाको तुलनामा यो आर्थिक वर्षको ९ महिनाको आम्दानी ६७ करोड रुपैयाँभन्दा धेरैले घटेको छ ।

टेलिकमले ९ महिनामा २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार आम्दानी गरेको छ । गएको वर्षको यही अवधिमा २७ अर्ब ५० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

टेलिकमले २०७५ चैत्र १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा छुट गणना सुरु गर्दा आम्दानी घटेको जनाएको छ । गणना गर्न सुरु गरेको र कमिसन कुल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर छुट बिक्रीअघि प्रदान गरिने हुँदा छुटको कारणले पनि सेवाबापतको आय घटेको उसको दाबी छ ।

 

 

चालु आवको तेस्रो त्रैमासिकसम्म यो छुट रकम कुल ८५ करोड ३३ लाख ४४ हजार रहेको छ । यसरी चालु आवको तेस्रो त्रैमासिकसम्मको कुल आयमा छुट पनि सम्मिलित गर्दा कुल आय गत आवको त्यही अवधिको तुलनामा झण्डै १८ करोडले धेरै हुने टेलिकमको दाबी छ । त्यसको अतिरिक्त कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर परेको पनि टेलिकमले जनाएको छ ।

लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस रकम ५३ करोड चार लाख रुपैयाँ बराबरको छ ।

त्यही अवधिमा शून्य ब्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई पाँच करोड ३३ लाख रुपैयाँ बराबरको शून्य ब्यालेन्स प्याकेज प्रदान गरिएको छ । त्यसैगरी मोबाइल सेवाको आधारभूत दरमा २७ देखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको छ, त्यो आठ करोड दुई लाख रुपैयाँ बराबरको हुन्छ ।

यसरी लकडाउनको कारण कम्पनीको आयमा कुल ६६ करोड ९९ करोड रुपैयाँ बराबरको नकारात्मक असर परेको हो । यसबाहेक कम्पनीले कोरोना राहत कोषमा १० करोड योगदान गरेको टेलिकमले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari