citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

टिङ्करसम्मको सडक निर्माण सुस्त

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ३१ गते बुधबार

काठमाडौं । दस वर्ष पहिलेबाट निर्माण सुरु गरिएको महाकाली कोेरिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्मको सडक निर्माण सुस्त भएको छ ।
यो सडक निर्माणपछि कञ्चनपुरको ब्रह्मदेव बजारदेखि झुलाघाट, दार्चुला र टिङ्कर हुँदै कालापानीसम्म पुग्न सहज हुने भए पनि यो यसको निर्माणले तीव्रता पाउन सकेको छैन । टिङ्करपछि कालापानी आउँछ । कालापानीको खोँचमा अहिले भारतीय सेनाको क्याम्प छ । अहिले टिङ्कर भञ्ज्याङको दक्षिणपट्टि नेपाली बस्ती रहे पनि उत्तरतर्फ नेपाली बस्ती छैन ।
आवश्यक बजेटको अभाव, आयोजना कार्यालय र निर्माण कम्पनीकोे बेवास्ताका कारण एक दशकको अवधिमा कुल ४२५ किलोमिटर रहेको यस सडकको अहिलेसम्म जम्मा १२५ किलोमिटरमा मात्र ट्र्याक खोल्ने काम सम्पन्न भएको हो ।
चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०६५÷६६ बाट बजेट विनियोजन गरी सुदूूरपश्चिमको ‘माइलस्टोन प्रोजेक्ट’ नाम दिइएको यो सडकको निर्माण सुरु भएको हो । २०६४ सालमै यो सडकको ‘सर्भे’ गरिएको थियो । यो सडकको निर्माण सम्पन्न गर्न कुल २० अर्ब रुपियाँ खर्च हुने अनुमान गरिए पनि अहिलेसम्म सवा अर्ब रुपियाँ मात्र खर्च हुन सकेको सो सडक आयोजनाले जनाएको छ । यो आयोजनाका लागि चालू आर्थिक वर्षमा ३२ करोड ६८ लाख रुपियाँ विनियोजन गरिएको छ ।
दार्चुला–टिङ्कर सडक योजनाका प्रमुख अच्युतविलास पन्तले कठिन भूगोल र कडा चट्टानका कारण निर्माण कार्य आशातीत रूपमा अगाडि बढाउन अप्ठ्यारो भएको बताउनुभयो । उहाँका अनुसार उक्त सडक निर्माणका लागि अहिले ट्र्याक खोल्ने काम तीव्र रूपमा भइरहेको छ ।
ट्र्याक खोलिसकिएको ठाउँमा अहिले छ चरणमा काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो । दुईवटा पुल र चारवटा सडक खण्डमा अहिले काम भइरहेको हो ।

दार्चुलाको सदरमुकामदेखि १३४ किलोमिटरको दूूरीमा टिङ्कर पर्छ, जसमध्ये अहिले ४७ किलोमिटरमा काम भइरहेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार डडेल्धुरामा एघार किलोमिटर, दार्चुलामा ५२ र बैतडीमा ६२ किलोमिटर गरी १२५ किलोमिटर ट्र्याक खोलिएको हो । यस सडक आयोजनाअन्तर्गत दार्चुलामा २१२, बैतडीमा १४४, डडेल्धुरामा ५८ र कञ्चनपुरमा ११ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ ।
बजेटको अभावमा समेत यस आयोजनाको काम सोचेअनुसार अगाडि बढ्न नसकेको बताउँदै उहाँले भन्नुभयो, “कुल निर्माण लागत २० अर्ब रुपियाँ अनुमान गरिएकोमा यो आर्थिक वर्षमा ३२ करोड ६८ करोड रुपियाँ विनियोजन गरिएको छ ।

यस प्रकारको बजेट विनियोजनले समेत काम अगाडि बढाउन समस्या आएको हो । ”आजको गोरखापत्र दैनिकबाट

 

gold
kumari bank