stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी दाखिला गर्न निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाएका इन्टरनेट सेवा प्रदायकलाई तत्काल रकम दाखिला गर्न निर्देशन दिएको छ ।

मङ्गलबार एक सूचना जारी गर्दै प्राधिकरणले असोज मसान्तभित्र उक्त रकम दाखिला गर्न निर्देशन दिएको हो । सूचनामा प्राधिकरणले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण भएको वित्तीय विवरण र सोबापत बुझाउनुपर्ने रकम तोकिएको समयभित्र बुझाउन ताकिता गरेको हो ।

प्राधिकरणले यसअघि पनि पत्राचार गरेर रकम दाखिला गर्न निर्देशन दिएको थियो तर हालसम्म दाखिल नगरेका कारण पुनः ताकिता गरेको प्राधिकरणले जनाएको छ ।

नियम अनुसार सेवा प्रदायकले रोयल्टीबापत आफ्नो कुल आम्दानीको चार प्रतिशत र कोषबापत दुई प्रतिशत आम्दानी वार्षिक रूपमा दाखिला गर्नुपर्ने व्यवस्था छ । समयमा नै रकम दाखिला नगरेका अवस्थामा थप दस्तुर लिन सक्ने कानुनी व्यवस्था छ ।

प्राधिकरणका अनुसार ४० वटा सेवा प्रदायकले वित्तीय विवरण, रोयल्टी र कोषको रकम बुझाएका छैनन् । त्यस्तै २१ वटा सेवाप्रदायकले नियम अनुसार रोयल्टी र कोषको रकम नबुझाएको प्राधिकरणले जनाएको छ । यी दुवै सेवा प्रदायकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम चार अर्ब रुपियाँभन्दा बढी छ ।

नियमानुसार शुल्क नबुझाएका सेवा प्रदायकसँग लामो समयको विवादपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले फैसला सुनाए पनि पूर्णपाठ नआएका कारण देखाउँदै रकम बुझाउन आनाकानी गर्दै आएका छन् ।

प्राधिकरणले उठाउने रोयल्टी सरकारको आम्दानीका रूपमा सिधै सञ्चार तथा सूचना मन्त्रालयको खातामा दाखिल गर्नु पर्छ भने कोषको रकम प्राधिकरणले खोलेको खातामा दाखिल गर्नु पर्छ । खातामा रकम दाखिल गरेर अनिवार्य रूपमा दर्ता गरी जानकारी गराउन पनि प्राधिकरणले निर्देशन दिएको छ ।

prabhu mahalaxmi
kumari