stcnepal long ad
ime life insurance
global ime bank long

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार ७३३.५० रुपैयाँको कुल १४ प्रतिशतले हुन आउने १४ करोड ७७ लाख ७८ हजार ९२२.६९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा १३.३० प्रतिशत हुन आउने १४ करोड ३ लाख ८९ हजार ९७६.५६ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने ७३ लाख ८८ हजार ९४६.१३ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

prabhu mahalaxmi
kumari