फेसबूक, ट्वीटरमार्फत गरिने विज्ञापनलाई नियमन गरिने
काठमाडौं । सरकारले सामाजिक सञ्जाललगायत अन्य डिजिटल प्लेटमार्फत गरिने विज्ञापनलाई नियमन गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट वक्तव्य पेस गर्दै यस्ता विज्ञापनलाई नियमन गरिने बताएका हुन् । ‘सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाइनेछ । डिजिटल प्लेटफार्म मार्फत गरिने विज्ञापन नियमन गरिनेछ,’ उनले भने । बजेट वक्तव्यका क्रममा अर्थमन्त्री पुनले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गराइने पनि बताए ।
‘आमसञ्चार क्षेत्रलाई निष्पक्ष, समावेशी, र प्रतिस्पर्धी बनाउँदै समयमै सत्यतथ्य र निष्पक्ष समाचार प्रसारण गर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने ।
सरकारले लुम्बिनी प्रदेशमा कृष्णसेन इच्छुक सञ्चारग्राम निर्माण गर्ने पनि उनले बताए । साथै, सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि सरकारले तालिमको अवसर उपलब्ध गराउनेछ ।
उनले थपे, ुविज्ञापन क्षेत्रलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गरिनेछ । सञ्चारमाध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको छु ।’