stcnepal long ad
ime life insurance
global ime bank long

मोवाइल एप र खल्ती डटकम वेवपेजमार्फत कारोबार गर्ने ग्राहकलाई ‘खल्तीको दुई गुणा अफर

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम वेवपेज मार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ नामको प्रबर्धनात्मक योजना ल्याएको छ ।

डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ ।

उक्त योजनाअसार १७ देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अबसर पाउने छन् । बिजेताको वालेटमा खल्तीले ग्राहकले पठाएजति नै रकम जम्मा गरिदिने छ ।

विजेता नबन्नेहरूले आफूले पठाएजति रकम असार ३१ भित्र वालेटमै फिर्ता पाउने छन् । योजना अबधिमा। १० रूपैयाँदेखी ५०० रूपैयाँसम्म पठाउनेको मात्र नगद दोब्बर हुनेछ ।

योजनामा सहभागी हुनेले असार २७ सम्म आफ्नो ग्राहकको ब्यक्तिगत विवरण प्रभाणित गरिसक्नु पर्नेछ । प्रबर्धनात्मक योजनामा खल्ती को सबै प्रयोगकर्ता साथै एजेन्टहरू पनि सहभागी हुन सक्ने छन् ।

११ दिनको अबधिमा रकम पठाउनेमध्ये ५० जना बिजेताको घोषणा असार २८ मा हुनेछ ।

विजेतालाइ ग्राहकहरूले पठाएको रकममा त्यती नै रकम (अधिकतम पाँच सय) थपेर खल्तीले विजेताकै खातामा उपलब्ध गराउनेछ बिजेता नबन्ने सबै सहभागीहरुको रकम खल्तीले असार ३१ भित्र उनीहरूको डिजिटल वालेटमै फिर्ता गरिदिनेछ ।

यस योजनामा खल्तीका प्रयोगकर्ता हरेकले जति पटक पनि सहभागिता जनाउन पाउनेछन् । खल्तीका प्रयोगकर्ताले एसएमएसमार्फत अफलाइन कारोबार पनि गर्न सक्ने जनाएको छ ।

prabhu mahalaxmi
kumari