मोडलिङबाट समाज रुपान्तरण गर्नुछ । गुन्जन शर्मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

इटहरी । गुन्जन शर्मा मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढ्दै गरेको एउटा नाम हो । शर्मा इटहरी २ आपगाछीमा बसोबास गर्छिन भनी स्नातक तह कस्तुरी कलेजमा अध्यानरत छिन ।
सानै उमेर देखि समाजलाई उत्पे्रणा हैन रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटो सुट गरी सकेकी छिन । शर्माका अनुसार आफ्नी आमा रिनु शर्माको गायक सुन्दै हुर्किएको हुदा कलाले मात्र समाज रुपान्तरण गर्न सक्ने हुदा कला क्षेत्रमा लाग्ने रुची जागेको जानकारी गराइन ।

इटहरीको एरिना टेलिभिजनमा एसएमएस जोन नामक कार्यक्रम मार्फत लोकप्रियता कमाएकी गुन्जन शर्मा अहिले अध्यायनमा एक्राग भएर लागेकी छिन । उनको अनुसार जीवनले ब्रेक माग्छ र अहिलेको समय प्रतिस्पर्धाको मात्रै नभएर आफ्नो पहिचान बनाउने रहेको हुदा फरक पहिचानका लागी अध्यायन महत्वपूर्ण रहेको हुदा अहिले औपचारिक तथा मोडलिङ फिल्डका अनौपचारिक पुस्तक पढ्दै भविष्यका लागि तयारी अवस्थामा रहेको जानकारी गराउदै शर्माले अब आउने दिनमा समाज रुपान्तरणका लागि फरक कार्यक्रम तथा योजना लिएर कला मार्फत जिवनलाई प्रस्तुत गर्ने जनाइन्।


आफ्नी आमा तथा भाईको सकारात्मक सहयोग तथा गुन्जन शर्माको आत्मविश्वासले समाज रुपान्तरणको सपना साकार हुने र सपनाको नजिक रहेको देख्न अहिलेका फोटोसूटमा देखिने उन्को प्रोफेसनल पोजले प्रष्ट पार्छ भनी फरक पहिचान र कलाले जुनसुकै स्थानमा पनि नाम कमाउन सक्ने उन्को विश्वास छ ।

 

IME Lifesidebar
kumari