citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पुरानो फोन साटेर सामसुङको नयाँ फोन लिन पाइने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपालमा सामसुङ फोनको राष्ट्रिय वितरक आईएमएस र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोनहरू तयार गर्ने सबको फोनले ‘आईएमएस सबको फोन एक्सचेन्ज’ को सुरुवातका लागि साझेदारीको घोषणा गरेका छन् ।

विभिन्न ब्रान्डका मोबाइल प्रयोगकर्ताहरूलाई आफूले प्रयोग गरेको फोन साटी सामसुङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो विकल्प प्रदान गर्ने उद्देश्यले यो मोबाइल एक्सचेन्ज सुविधा सुरु गरिएको छ ।

यो एक्सचेन्ज सुविधा अन्तर्गत ग्राहकले आफूले प्रयोग गरेका जुनसुकै ब्रान्डका मोबाइललाई नयाँ सामसुङ स्मार्टफोनसँग साट्न सक्नेछन् ।

आईएमएस सबको फोन एक्सचेन्ज सुविधा अन्तर्गत प्रदान गरिने वेबमा आधारित प्रणालीको प्रयोग गरि ग्राहकहरूले आफूले प्रयोग गरिको फोनको विवरण भरि, मात्र १ मिनेटमा फोनको मूल्य प्राप्त गरि नयाँ सामसुङ स्मार्टफोनमा सजिलै अपग्रेड गर्न सक्नेछन् ।

यस्तो एक्सचेन्ज सुविधा प्राप्त गर्नको लागि ग्राहकले आफूले प्रयोग गरेको मोबाइलको भ्याट बिल र परिचय खुल्ने सरकारी परिचयपत्र अनिवार्य उपलब्ध गराई स्वघोषणा फारम भर्नुपर्नेछ ।

प्रथम चरणको लागि यो सुविधा हाल सामसुङको आधिकारिक आईएमएस स्मार्ट आउटलेटहरू र काठमाडौँमा रहेका अधिकृत बिक्रेतामा मात्र उपलब्ध गराइएको छ ।

सबको फोनको प्रविधिसँग आईएमएसको विशेषज्ञतालाई संयोजन गरेर, आफ्ना ग्राहकहरूलाई प्रयोगमा आइसकेका फोनहरूको उचित मूल्य प्रदान गरि सामसुङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो र सुविधाजनक बनाउने आईएमएसको योजना रहेको छ ।

himalayan life insurance
igi long