citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आजदेखि मौसममा क्रमिक सुधार हुँदै

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । पश्चिमी वायुको प्रभावले हिजो देशभर आंशिकदेखि सामान्य बदली रहेपनि आजदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ ।

बुधबार साँझदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले गएरातिदेखि मौसममा सुधार हुँदै आएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

हिजो सङ्घीय राजधानी काठमाडौँलगायत देशका अधिकांश भागमा मौसम बदली रहेको र मधेश प्रदेशका एक(दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटफुट वर्षा भएको थियो ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको र देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आज आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । उता कोशी प्रदेशका पहाडी भागका एक(दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

himalayan life insurance
igi long