डिसहोमले गर्यो साप्ताहिक विजेता घोषणा

आर्थिक सञ्जाल
काठमाडौं । डिस होमको ‘डिस होममा डिलर दाईको डिस्काउण्ट’ योजनाको लक्की ड्र योजना बाट विजेता घोषणा गरेको छ । यस योजना अन्तर्गत जेष्ठ १६ गते देखि २२ गते सम्मका फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहक मध्येबाट उक्त लक्कि ड्र गरिएको हो ।
यस योजना अनुसार साप्ताहिक रुपमा दुई जना विजेताहरुले एक लाख रुपैयाँ सम्म प्राप्त गर्न छन् । जसका लागि जेठ २३ गते देखि जेठ २९ गते सम्म बार्षिक रिचार्ज गर्ने ग्राहकलाई ३० गतेको लक्की ड्रमा समावेश गरिएको डिसहोमले जनाएको छ।