असार १७ गते मोलुङ्ग हाइड्रोपावरले डाक्यो १० औं वार्षिक साधारण सभा

आर्थिक सञ्जाल
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले असार १७ गते १० औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साधारण सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय रविभवन काठमाडौंमा सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।
सभाले नाफा–नोक्सान लगायतका वित्तीय विवरण पनि पारित गर्नेछ । आर्थिक वर्ष २०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र सञ्चालक समितिको गठन गर्ने एजेन्डा पनि रहेको छ ।