stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल टेलिकमले स्वदेश फर्कने नेपालीलाई निःशुल्क सिमकार्ड वितरण गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । कोरोनाको विश्वव्यापी महामारीका कारण विदेशबाट स्वदेश फर्कने नेपालीहरुलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण गर्ने भएको छ ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्न र परिवारसँग सम्पर्क गर्न सजिलो होस् भन्ने उद्श्यले निःशुल्क सीमकार्ड वितरण गर्न लागिएको नेपाल टेलिकमले जनाएको छ ।

सिमकार्ड मार्फत गरिने निगरानीबाट विदेशबाट आएका कुनै व्यक्तिमा कोरोना भाईरस रहेछ भने पनि त्यसको संक्रमण समुदायमा फैलनबाट जोगाउन सहयोग पुग्ने विश्वास टेलिकमको छ ।

अहिलेलाई १ लाख वटा सिमकार्ड निःशुल्क वितरण गर्ने र आवश्यकताअनुसार थप वितरण गर्दै जाने योजना रहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी बताउनुहुन्छ ।

१० रुपैयाँ ब्यालेन्स सहित वितरण गरिने यी सिममा नेपाल टेलिकमको नेटवर्कभित्र ४० मिनेटसम्म निःशुल्क कुरा गर्न सकिने र ६० एमबी डाटा प्याकेज सुविधा समेत रहने टेलिकमले जनाएको छ ।

नेपालीहरूलाई स्वदेश फर्कनको लागि नेपाल सरकारले तोकेको नेपाल भारत सीमाका २० वटा प्रवेश विन्दु तथा काठमाण्डौं उपत्यकामा निर्माण गरिएका ७ वटा क्वारेनटाईन स्थलमा नै बुथ स्थापना गरी सीमकार्ड वितरण गरिनेछ ।

प्रवेशविन्दुमा खटिएका सुरक्षाकर्मी तथा स्थानीय तह लगायतसँगको समन्वयमा उनीहरुलाई सिम वितरण गरिनेछ ।

भारतबाट आउनेहरुलाई नेपाल टेलिकमको क्षेत्रिय कार्यलयहरूबाट सीम वितरणको प्रक्रिया सुरु भईसकेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

नेपाल टेलिकमले कोरोना महामारीका बेला आफ्ना ग्राहकहरूलाई विभिन्न प्याकेजहरु सहितका अन्य सुवधा पनि उपलब्ध गराएको छ ।-

IME Lifesidebar
kumari