उद्योग वाणिज्य महासंघले आग्रह ग¥यो, सक्नेले बैंकको ब्याज, किस्ता तिर्न
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको किस्ता तथा ब्याज, सक्नेलाई तिर्न उद्योगी र व्यवसायीहरुलाई आग्रह गरेको छ । महासंघले एक सार्वजनिक सूचना जारी गर्दै तिर्न सक्ने उद्योगीरव्यवसायीहरुलाई ऋणको साँवा तथा ब्याज समयमै तिर्न आग्रह गरेको हो ।
तिर्न नसक्नेहरुका लागि भने नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आगामी मौद्रिक नीतिले सम्वोधन गर्ने महासंघले बताएको छ ।
बैंक र उद्योगी व्यवसायीहरुका बीचमा देखिएका समस्याका विषयमा पनि नियमित छलफल भइरहेको महासंघले जनाएको छ ।
महासंघ र नेपाल बैंकर्स संघबिच हरेक महिना छलफल गर्ने सहमति नै भएको भन्दै केही सुझाव तथा सल्लाह भए पठाउन महासंघले सबै उद्योगीरव्यवसायीहरुसँग आग्रह समेत गरेको छ ।



























