stcnepal long ad
ime life insurance
national life
global ime bank long

मेलम्ची आयोजनाको पानी छाडेको सुरूङमा दुई बेपत्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी छाडेको सुरूङमा दुई जना बेपत्ता भएका छन् ।

सुरूङबाट पानी परीक्षण भइरहेका बेला एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन् ।

सुरूङमा बेपत्ता चार जनामध्ये २ जनाको उद्धार गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि उनीहरू अवस्था बुझ्न गएका थिए । घटना हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित आयोजनाकै सुरूङमा भएको हो।

IME Lifesidebar
kumari