stcnepal long ad
global ime bank long

आयात–निर्यात दुवै घट्यो, व्यापार घाटा साढे ३ खर्ब माथि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मुलुकबाट हुने आयात–निर्यात दुवै घटेको छ। भन्सार विभागको तथ्यांकका अनुसार चालु आर्थिक वर्षको ३ महिना (साउन–असोज)सम्म ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा आयात ४।१७ प्रतिशतले घटेको छ।

यसैगरी यो ३ महिनामा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ। अघिल्लो वर्ष यही अवधिमा ४० अर्ब ८७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो। निर्यात पनि ६.११ प्रतिशतले घटेको छ।

आयात तथा निर्यात दुवै घट्दा व्यापार घाटा पनि थोरै घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म मुलुकको व्यापार घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ३.९६ प्रतिशतले घटेर ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ। मुलुकको आयात–निर्यात अनुपात १०.१८ प्रतिशत रहेको छ।

IME Lifesidebar
kumari