evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

नेपालमा तीन महिनामा भित्रिए २५ सय ईभी गाडी

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । नेपालमा ईभी सवारीको प्रयोग बढ्दै गइराख्दा आयतमा पनि उल्लेखिय बृद्धि भइरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार प्रत्येक महिना ईभी गाडीको आयातले प्राथमिकता पाइरहेको देखाएको हो ।

विभागले चालु आर्थिक वर्ष २०८१/८२ को असोजसम्म विभिन्न ब्रान्डका २५ सय १८ वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएर आएको बताएको छ ।

विभागले ५० किलोवाट क्षमताका ईभी ७७२, ५१ देखि १०० किलोवाट क्षमताका १५ सय ८२ र १०१ देखि २०० किलोवाट क्षमताका १५९ वटा गाडीको आयात भएको बताएको छ ।

यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको तीन र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको विभागको तथ्याङकले देखाएका छ । भन्सार विभागका अनुसार ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएको हो ।

विभागका अनुसार उक्त मूल्यको गाडी आयात हुँदा सरकारले ३ अर्ब ७४ करोड ५४ लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनु साथै आवश्यक पूर्वाधार निर्माण गर्नले ईभीको प्रयोग बढ्दै गएको छ । सडक ईभी मय बन्दै जाँदा ईभीको आयात अझै बृद्धि हुने व्यवसायीहरू बताउँदै आएका छन् ।

कुन देशबाट कति भयो आयात रु?

नेपालमा ईभी गाडीको उत्पादन नहुँने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबै भन्दा बढी भारत र चीनबाट हुन्छ ।

यो तीन महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट ३९९ र भारतबाट ३३७ वटा भित्रिएका छन् ।

यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट १२ सय ८ र भारतबाट ३७४ वटा आयात भएको विभागको तथ्याङकले देखाएको हो ।

यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट १५४, जर्मनीबाट ४ र अमेरिकाबाट एक वटा गाडी भित्रिएका छन् ।

विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट दुई र जर्मनीबाट एक वटा गाडीको आयात गरेर बिक्रेता कम्पनीहरूले ल्याएको बताएको छ ।

यसका साथै २०१ देखि ३०० किलोवाट क्षमता भएको जर्मनीबाट १ र ३०० भन्दा माथि क्षमता २ वटा ईभी गाडी चीनबाट आयात भएर आएको विभागले जानकारी दिएको छ ।

himalayan life insurance long ad
igi long