citizens life insurance long ad

चालु आर्थिक वर्षको २ महिनामै करिब १ खर्ब रुपैयाँले आयात बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो २ महिनामै करिब १ खर्ब रुपैयाँले आयात बढेको छ। २०८२/०८३ को साउन र भदौमा ४ अर्ब १ अर्ब रुपैयाँको वस्तु आयात भएको हो।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/०८३ को साउन र भदौ महिनामा ३ खर्ब ५ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। गत वर्षको २ महिनाको तुलनामा अहिले ९६ अर्ब रुपैयाँ बढीको आयात भएको छ।

चालु आर्थिक वर्षमा निर्यात समेत ६१.८६ प्रतिशतले बढेको छ। गत वर्ष २ महिनामा ४७ अर्ब ३१ करोडको निर्यात भएकोमा अहिले ७६ अर्ब ५८ करोड रुपैयाँको निर्यात भएको छ।

आयात र निर्यात दुवै बढ्दा वैदेशिक व्यापार समेत बढेको छ। गत वर्षको तुलनामा ३५.६४ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।

IME Life
kumari