stcnepal long ad
ime life insurance
national life
global ime bank long

साउन महिनामा आयात–निर्यात दुवैमा कमी,व्यापार घाटा एक खर्ब सोह्र अर्ब

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा आयात–निर्यात दुवैमा कमी आएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आयातनिर्यातमा सङ्कुचन आएको हो ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा आयात ०.६७ प्रतिशतले घटेर एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपियाँको भएको छ ।

गत वर्ष सो अवधिमा एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपियाँको आयात भएको थियो । यस्तै चालु आर्थिक वर्षको साउन महिनामा निर्यात ९.६३ प्रतिशतले घटेर १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपियाँको भएको छ ।

गत वर्ष सो अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपियाँको निर्यात भएको थियो । व्यापार घाटा ०.३८ प्रतिशतले वृद्धि भई एक खर्ब १६ अर्ब १५ करोड १० लाख रुपियाँ पुगेको छ ।

आर्थिक वर्ष २०८०/८१ को साउनमा एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख रुपियाँ व्यापार घाटा थियो । कुल वैदेशिक व्यापार भने १.५२ प्रतिशतले कमी आई एक खर्ब ४० अर्ब ६० करोडमा झरेको छ । गत आर्थिक वर्षको साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख थियो । आयातनिर्यात दुवैमा सङ्कुचन आए पनि साउनमा भन्सार राजस्व भने बढेको छ ।

साउनमा सबैभन्दा धेरै २१ अर्ब ६६ करोड ९० पेट्रोलियम पदार्थ आयात भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को साउनमा २१ अर्ब ९८ करोड ४५ लाखको आयात भएको पेट्रोलियम पदार्थको आयात चालु आवमा घटेको छ ।

साउनमा छ अर्ब ९८ करोड ७२ लाख रुपियाँको डिजेल, पाँच अर्ब ६९ करोड ३५ लाखको पेट्रोल र चार अर्ब ८२ करोड ६७ लाखको खाना पकाउने एलपी ग्यास आयात भएको हो ।

साउन महिनामा मेसिनरी र त्यसका पार्टपुर्जा १० अर्ब रुपियाँको आयात भएको छ । त्यस्तै विद्युतीय उपकरण र यसका पार्टपुर्जा नौ अर्ब ६४ करोडको आयात भएको हो ।

फलाम र त्यसबाट बनेका र स्टिलको आयात नौ अर्ब ६३ करोड, गाडीको आयात छ अर्ब ४९ करोड र कृषिका लागि मलखादको आयात छ अर्ब १८ करोडको भएका विभागको तथ्याङ्क छ ।

साउन महिनामा नेपालबाट निर्याततर्फ कार्पेट र अन्य टेक्सटाइल एक अर्ब १८ करोडको निर्यात भएको छ । फलाम र स्टिलजन्य उत्पादन एक अर्ब १० करोडको निर्यात हुँदा चिया–कफीलगायतका उत्पादन ९४ करोडको निर्यात भएको विभागको तथ्याङ्क छ ।

IME Lifesidebar
kumari