stcnepal long ad
ime life insurance
national life
global ime bank long

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जित्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको छ ।

इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा शाइन रेसुंगाले नेपालबाट ‘बेस्ट बैंक’ सहित बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा पनि उत्कृष्ट हुंँदै तीन अवार्ड जित्न सफल भएको हो ।

अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए ।

शुक्रबार नयाँ दिल्लीमा आयोजित समारोहमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गरेका थिए ।

नेपालबाटै एनआईसी एशिया बैंकले बेस्ट पर्फमेन्स अन डिजिटल बैंकिङ शीर्षकमा र गरिमा विकास बैंकले बेस्ट  पर्फमेन्स अन एसेट म्यानेजमेन्ट (सम्पत्ति व्यवस्थापन) क्याटोगोरीमा अवार्ड जितेका छन् ।

इण्डियन च्याम्बर अफ कमर्सले गत वर्षदेखि वितरण गर्न सुरु गरेको यो अवार्डमा शाइन रेसुंगाले पहिलोपटकमै बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्ट हुँदै अवार्ड जितेको थियो ।

अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सुचक निर्धारण गरेको थियो ।

जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको थियो ।

IME Lifesidebar
kumari