citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

युनिभर्सल पावरको अवस्था कस्तो छ ?

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं । युनिभर्सल पावर कम्पनीले अझै विद्युत उत्पादन गर्न सकेको छैन । निर्माण कार्य सम्पन्न गर्न ढिलाई भएकाले अहिलेसम्म पनि विद्युत उत्पादन हुन नसकेको हो ।
कम्पनीका अनुसार यसअघि निर्धारित योजना अनुसार काम सम्पन्न हुन नसक्नुमा २०७२ सालको भूकम्प, त्यसपछि उत्पन्न नेपाल भारत सिमा अवरोध र नेपाल विद्युत् प्राधिकरणबाट ट्रान्समिसन लाइन निर्माणमा भएको ढिलाइ लगायत कारण विद्युत् उत्पादन हुने मिति संशोधन भएको आयोजनाले जनाएको छ ।
हाल यस जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छ । व्यापारिक उत्पादन सुरु भई नसकेकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा पनि कम्पनीले विद्युत् बिक्रीबाट आम्दानी गर्न सकेको छैन ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको आयकर कट्टी पछिको नाफा ४ करोड २३ लाख ८२ हजार रुपैयाँ रहेको छ ।गत वर्ष यसैअवधिमा यसको नाफा ४२ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।
अन्य स्रोतबाट हुने आम्दानीमा सुधार आएसँगै यसको नाफा बढेको हो । चैत मसान्तसम्म अन्य स्रोत कम्पनीले ६ करोड २० लाख ८९ हजार रुपैयाँ कमाएको छ । गत वर्ष कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी १ करोड १० लाख ७१ हजार रुपैयाँ मात्रै थियो । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड ६८ लाख रुपैयाँ छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ १३ पैसा छ ।
यस कम्पनीले दोलखा जिल्लामा अवस्थित खारे खोलामा निर्माण गरिरहेको ११ मेगावाटको जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । त्यसैगरी, कम्पनीले माथिल्लो इङ्खु खोला जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ । यस्तै, ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी सम्झौता भइसकेको छ ।
gold
himalayan life insurance long ad
kumari bank