citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि हिम पर्वत हाइड्रोपावरको आईपीओ निष्काशन गर्ने

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले रहेको छ

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । मंसिर १८ गतेदेखि हिम पर्वत हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि ३४ लाख ६४ हजार ५०० कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उक्त शेयर निष्काशन गर्न लागेको हो ।

हाइड्रोपावर कम्पनीको जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । यसको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता शेयर सर्वसाधारण समूहका लागि छुट्याइएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् १६ लाख ९० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको थियो ।

त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको बाँकी ४२ लाख २५ हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको छ । ५ प्रतिशत अर्थात् २ लाख ११ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ३ प्रतिशत अर्थात् १ लाख २६ हजार ७५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

यी समूहका लागि शेयर छुट्याएपछि बाँकी रहेको ३४ लाख ६४ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १ हजार रुपैयाँ र अधिकतम १० लाख रुपैयाँसम्म आवेदन रकम आवश्यक पर्नेछ ।

हाइड्रोपावर कम्पनीको आईपीओमा मंसिर १८ गतेदेखि आवेदन दिन सकिनेछ । निष्काशन बन्द हुने मिति छिटोमा मंसिर २३ गते तोकिएको छ । उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा भने पुस ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

हाइड्रोपावर कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर डबलबी प्लस’ रेटिङ प्रदान गरेको छ । कम्पनीले २०२६ अगस्ट १३ मा उक्त रेटिङ प्राप्त गरेको हो ।

यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । उक्त रेटिङ २०२७ अगस्ट १३ सम्म बहाल रहनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

IME Life
ofukuro
kumari