citizens life insurance long ad
stcnepal long ad

सरकारले पहिलो चौमासिकमा उठ्यो ३ खर्ब ७८ अर्ब राजश्व

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा ३ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार मंसिर १ गतेसम्म सरकारले ३ खर्ब ७८ अर्ब २३ करोड ३३ लाख रुपैयाँ राजश्व संकलन गरेको हो।

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ। तर अर्थमन्त्री डा. स्वर्णिम वाग्लले १९ अर्ब ६८ करोड भन्दा बढी बढाएर राजश्व प्राप्त गर्ने भन्सार विभाग र आन्तरिक राजश्व विभागलाई ‘मिसन १६ खर्ब’ राजश्व संकलन गर्ने लक्ष्यका साथ अगाडि बढ्न निर्देशन दिएका छन्।

यसअनुसार पहिलो चौमासिकको अवधिसम्म वार्षिक लक्ष्यको २३.९३ प्रतिशत राजश्व संकलन भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सरकारले ३ खर्ब ३० अर्ब १६ करोड ८७ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो। यस वर्ष अघिल्लो वर्षको तुलनामा ४८ अर्ब ६ करोड ४६ लाख रुपैयाँ बढी राजश्व उठेको छ। यो १४.५६ प्रतिशतको वृद्धि थियो।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर राजश्व संकलन पनि बढेको छ। मंसिर १ गतेसम्म सरकारले ३ खर्ब ५५ अर्ब ७५ करोड ७८ लाख रुपैयाँ कर राजश्व संकलन गरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब १० अर्ब ४२ करोड रुपैयाँ कर राजश्व संकलन भएको थियो। यस वर्ष कर राजश्व संकलन १४.६१ प्रतिशतले बढेको हो।

त्यस्तै, गैरकर राजश्व संकलन २२ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ७४ करोड ८७ लाख रुपैयाँ गैरकर राजश्व संकलन भएको थियो। यसमा १३.८१ प्रतिशतको वृद्धि देखिएको छ।

सरकारले प्राप्त गर्ने अनुदानमा समेत उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको मंसिर १ गतेसम्म ८ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५० करोड ८१ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो। यसअनुसार अनुदान प्राप्ति १४७.२३ प्रतिशतले बढेको छ।

तर, अन्य प्राप्ति भने घटेको छ। अघिल्लो आर्थिक वर्षको मंसिर १ सम्म २ अर्ब ९९ करोड २७ लाख रुपैयाँ अन्य प्राप्ति भएकोमा चालु वर्षको सोही अवधिमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ। यो ९.९९ प्रतिशतको गिरावट हो।

महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार चालु आर्थिक वर्षको मंसिर १ गतेसम्म सरकारको कुल प्राप्ति ३ खर्ब ८९ अर्ब ६० करोड ७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल प्राप्ति ३ खर्ब ३६ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ थियो। यसरी कुल प्राप्तिमा १५.७२ प्रतिशतको वृद्धि भएको छ।

बजेट लक्ष्यको तुलनामा पनि सरकारको आम्दानीको प्रगति अघिल्लो वर्षभन्दा सुधार भएको छ। चालु आर्थिक वर्षको मंसिर १ सम्म कुल प्राप्तिको बजेट लक्ष्यको २३.७३ प्रतिशत संकलन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रगति २१.९६ प्रतिशत थियो।

IME Life
kumari