citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

निलगंगा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनको तयारीमा

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । निलगंगा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)  निष्कासन गर्ने प्रस्ताव  पारित गर्न  पुस १२ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

सभा काठमाडौं महानगरपालिका–३२ मा दिउँसो २ बजे बस्नेछ । साधारण सभामा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङ लगायत सम्बन्धित निकायबाट आवश्यक अनुमति तथा स्वीकृति लिने,निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने र शेयर सूचीकरण तथा अभौतिकीकरण सम्बन्धी प्रक्रिया अघि बढाउने प्रस्ताव पेस हुनेछ ।

यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिइनेछ। त्यस्तै सोही साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र आयोजना निर्माणका लागि गरिएका सम्झौता अनुमोदन गर्ने प्रस्ताव पनि पेस हुनेछ ।

IME Life
ofukuro
kumari