citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

कोरोना भाइरसबाट विश्वभर १२१ नेपालीको मृत्यु

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

संघका अनुसार बहराइनमा दुई तथा युएई, बेलायत, अमेरिका, कुवेत र साउदी अरेबियामा एक–एक जना नेपालीको मृत्यु भएको हो । सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । युएईमा १९, अमेरिकामा १७, साउदी अरबमा ८ तथा बहराइनमा तीन नेपालीले ज्यान गुमाएका छन् ।

त्यस्तै कुवेतमा २, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनमा एक–एक जनाको मृत्यु भएको छ । १४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

यो साता डेनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको छ । ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् ।

gold
himalayan life insurance long ad
kumari bank