stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोरोना भाइरसबाट विश्वभर १२१ नेपालीको मृत्यु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

संघका अनुसार बहराइनमा दुई तथा युएई, बेलायत, अमेरिका, कुवेत र साउदी अरेबियामा एक–एक जना नेपालीको मृत्यु भएको हो । सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । युएईमा १९, अमेरिकामा १७, साउदी अरबमा ८ तथा बहराइनमा तीन नेपालीले ज्यान गुमाएका छन् ।

त्यस्तै कुवेतमा २, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनमा एक–एक जनाको मृत्यु भएको छ । १४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

यो साता डेनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको छ । ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् ।

prabhu mahalaxmi
kumari