citizens life insurance long ad
stcnepal long ad
ime life insurance

नेपाललाई आइएक्समा विद्युत् बिक्रीको अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मध्यकालीन विद्युत् बिक्री सम्झौता अन्तर्गत निर्यातका लागि स्वीकृति पाएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा पनि बिक्री गर्न पाउने भएको छ ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले यस्ता आयोजनाको ५९४ मेगावाट विद्युत् आइएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न मङ्सिर २ गते अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

उक्त अनुमति अनुसार ५९४ मेगावाट विद्युत् मङ्सिर २ देखि आगामी जेठ ३१ गतेसम्म आइएक्समा बिक्री गर्न सकिने छ । अनुमतिप्राप्त परिमाणमध्ये २०५ मेगावाट विद्युत् कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत तथा ३८९ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत आइएक्समा बिक्री गरिने प्राधिकरणले जनाएको छ ।

सम्झौता अनुसार हरियाणा र विहार राज्यमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात हुँदै आएको छ । चालु वर्षका लागि सम्झौता अनुसार विद्युत् निर्यात गर्ने अवधि गत ३१ अक्टोबर (१४ कात्तिक) मा समाप्त भएको थियो ।

मध्यकालीन सम्झौता अन्तर्गत निर्यात हुँदै आएको विद्युत् वैकल्पिक बजारका रूपमा आइएक्समा बिक्री गर्न आवश्यक अनुमतिका लागि प्राधिकरणबाट निर्यातयोग्य आयोजनाको सूची निर्यात अवधि समाप्त हुनुअघि नै भारतीय सम्बन्धित निकायमा पेस गरिएको थियो ।

सोही प्रक्रिया अन्तर्गत हाल ५९४ मेगावाट विद्युत् आइएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एनभिभिएनमार्फत ३८९ मेगावाट र पिटिसीमार्फत २०५ मेगावाट गरी ५९४ मेगावाट विद्युत् आइएक्समा बिक्री गर्ने अनुमतिप्राप्त भएको हो ।

थप विद्युत् निर्यात स्वीकृति

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको प्राधिकरणले जनाएको छ ।

सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् यही मङ्सिर २ गतेदेखि आगामी भदौ १५ भदौ गतेसम्म आइएक्समा बिक्री गर्न अनुमति प्राप्त भएको हो । यससँगै हालसम्म नेपालबाट भारततर्फ कुल १,१९८ मेगावाट विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको छ ।

IME Life
kumari