आज अमेरिकी डलरको भाउ कति ?

आर्थिक सञ्जाल
काठमाडौं । आइतबार एक अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ६९ पैसा र बिक्री दर १२१ रुपैयाँ २९ पैसा तोकिएको छ । पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा अडिइरहेको छ ।
विश्व अर्थतन्त्रमा कोरोना प्रभाव जारी रहँदा लगानीकर्ताको ध्यान डलरमा गएको हो । विश्व बजारमा पेट्रोलियम पदार्थ, सेयर बजार पनि माथि उठ्न सकेका छैनन् । यस कारण पनि लगानीकर्ताहरु सुन र डलरमा आकर्षित भएका छन् ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको विनिमय दर पनि खस्केको छ । नेपाली र भारतीय रुपैयाँ बीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सीधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ ।
डलरसँग भारु जुन दरमा अवमूल्यन हुन्छ त्यही अनुसार नेपाली मुद्राको अवमूल्यन गर्ने परम्परा छ । अर्थशास्त्रीहरुले आगामी दिनमा अमेरिकी डलरको भाउ अझै बढ्न सक्ने बताउँदै आएका छन् ।