sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

दूधकोशी जलविद्युत आयोजनाका लागि लगानीकर्तासँग छलफल

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन सरकारले सम्भावित लगानीकर्तासँग छलफल थालेको छ ।
अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरू र आयोजनामा लगानीका लागि इच्छुक एसियाली विकास बैंक (एडीबी), युरोपेली लगानी बैंक (इआईबी), एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र कोरियाली एक्जिम बैंकका प्रतिनिधिसँग भिडियो कन्फरेन्स मार्फत प्रारम्भिक बैठक भएको हो । छलफलमा सहभागी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार उनीहरूले लगानीका लागि प्रारम्भिक सहमति जनाउँदै लगानी ढाँचाको ठोस प्रस्तावको अपेक्षा गरेका छन् ।
‘एडीबीले ५५ करोड अमेरिकी डलरसम्म, इआईबीले ५० करोड, एआईआईबीले ३० करोड र एडीबीको निजी क्षेत्रमा लगानी गर्ने संयन्त्र मार्फत २० देखि ३० करोड डलरसम्म लगानी गर्न सक्ने देखिएको छ,” घिसिङले भन्नुभयो । ‘कोरियन एक्जिम बैंकले हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल र प्रसारण लाइनमध्ये कुनै एकमा सम्पूर्ण लगानी गर्न चासो देखाएको छ ।
छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनाको हालसम्मको अवस्था, लागत, लगानी ढाँचा, जलाशययुक्त आयोजनाको महत्व लगायतका विषयमा बैंकहरूलाई जानकारी गराउनु भएको थियो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पहिचान गरेका १० उत्कृष्ट जलाशययुक्त जलविद्युत आयोजनामध्ये दूधकोशीलाई पहिलो प्राथमिकतामा राखेको छ ।
आयोजनाको अनुमानित आधार लागत एक अर्ब ५३ करोड डलर (करिब एक खर्ब ६० अर्ब रुपियाँ) र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत करिब दुई अर्ब डलर पुग्ने अनुमान छ । एसियाली विकास बैंकको अनुदानमा आयोजनाको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको छ ।
दूधकोशीको विस्तृत अध्ययन अन्तिम चरणमा पुगेको छ । अध्ययन भएका जलाशययुक्त आयोजनामध्ये लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोशी तुलनात्मक रुपमा सस्तो र आकर्षक मानिन्छ ।
आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुनेछ । यसमध्ये हिउँदमा एक अर्ब ३५ करोड ८० लाख र वर्षातमा दुई अर्ब आठ करोड ४० लाख युनिट ऊर्जा उत्पादन हुनेछ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर चा सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । गोरखापत्र दैनिकबाट

 

gold
kumari bank
nawakantipur long