citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

उपत्यकाका नाकामा विशेष सुरक्षा सतर्कता

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

काठमाडौं ।  काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले नाकामा विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन् ।

उपत्यका बाहिरबाट लुकिछिपी उपत्यका छिर्न थालेपछि ती नगरपालिकाले नाकामा विशेष सुरक्षा सतर्कता अपनाउन थालेका हुन् । उपत्यका प्रवेश गर्ने नाका जोडिएका काठमाडौँको चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर, सूर्यविनायक, नागार्जुन र दक्षिणकाली नगरपालिकाले नाकामा विशेष सुरक्षा अपनाएका हुन् ।

अनुमतिबिना प्रवेश रोक्ने : तारकेश्वर
तारकेश्वर नगरपालिकाले अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित व्यक्ति तथा सवारी साधनलाई नगरपालिका क्षेत्रमा कडाइका साथ रोक लगाउने निर्णय गरेको छ ।

बन्दाबन्दीको अवधिमा उपत्यका बाहिरबाट कुनै व्यक्ति आफ्नो टोलमा प्रवेश गरेको जानकारी भएमा तत्काल नजिकको प्रहरी, स्वास्थ्य वा वडा कार्यालयमा खबर गर्न सबै नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ । त्यस्ता व्यक्तिलाई घरधनी वा आफन्तले स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको नगरप्रमुख रामेश्वर बोहराले जानकारी दिनुभयो ।

बाहिर ननिस्कनूू : नागार्जुन
नागार्जुन नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण रोकथामका लागि अत्यावश्यक कामबिना बन्दाबन्दी अवधिभर बाहिर ननिस्कन नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाभित्र कोही नयाँ व्यक्ति बसोबास गर्ने गरी वा बहालमा बस्न आएमा तत्काल सम्बन्धित निकायमा सूचना दिन आग्रहसमेत गरिएको नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

गस्ती व्यापक : टोखा
टोखा नगरपालिकाले उपत्यका बाहिरबाट वडा नं. १ झोर महाँकाल हुँदै काठमाडौँ प्रवेश गर्ने नाकामा नेपाल प्रहरीले गस्ती गर्ने व्यवस्था मिलाएको छ । झोरमा यसअघिदेखि नै नेपाली सेनाको ब्यारेक बस्दै आएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सो क्षेत्रमा प्रहरीले समेत आवतजावत रोक्न गस्ती गर्ने गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । सो क्षेत्रबाट अहिले आवतजावत बन्द गरिएको र हेल्थ डेस्क राखी स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।
नयाँ प्रवेशीलाई अस्पताल : सूर्यविनायक
सूर्यविनायक नगरपालिकाले उपत्यका बाहिरबाट आएका नयाँ व्यक्तिलाई पहिला अस्पतालमा गई कोरोना भाइरसको परीक्षण गराएर मात्र प्रवेश गर्न आग्रह गरेको छ । ती व्यक्तिलाई नगरपालिकाले कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि मात्र नगर क्षेत्रमा आउन दिने व्यवस्था गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

प्रवेश बिन्दुमै रोक्ने : चन्द्रागिरि
चन्द्रागिरि नगरपालिकाले नगरपालिकाभित्र विदेश वा तराईलगायत सङ्क्रमित स्थानबाट आएका व्यक्तिलाई प्रवेश बिन्दुमै रोक्ने निर्णय गरेको छ । ती व्यक्तिलाई कोरोना भाइरसको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टपछि मात्र प्रवेश गर्न दिने नीति नगरपालिकाले अख्तियार गरेको छ । कुनै पनि घरधनीले बाहिरबाट आएका व्यक्तिलाई घरमा प्रवेश नगराउन नगरपालिकाले सबै नगरवासीलाई आग्रह गरेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।
पुगेकै ठाउँमा रहन आग्रह : दक्षिणकाली
दक्षिणकाली नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण उपत्यकामा फैलन नदिन नगरवासी उपत्यकाबाहिर गएको भए त्यहीँ केही समय रहन नगरवासीलाई आग्रह गरेको छ । उपत्यकाबाहिर गएका व्यक्तिलाई आफन्तले पनि सोही सूचना पु¥याउन नगरपालिकाले आग्रह गरेको हो । लुकिछिपी बसेको भए स्वयं क्वारेन्टाइनमा बसी उपचारको प्रक्रिया अवलम्बन गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीकुमार पोखरेलले बताउनुभयो ।
नाकामा हेल्थ डेस्क : शङ्खरापुर
शङ्खरापुर नगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकामा उपत्यका बाहिरबाट आउने व्यक्तिहरूको उच्च निगरानी राखेको छ । सिन्धुपाल्चोकबाट साँखु हुँदै काठमाडौँ भित्रिने मुख्य नाका शङ्खरापुर नगरपालिका भएकाले उक्त नाकामा उच्च निगरानी राखेको नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।  आजको गोरखापत्र दैनिकबाट

gold
himalayan life insurance long ad
kumari bank