stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

आज असार १३ गते देखि रसुवागढी हाइड्रोपावरको आइपीओ बिक्री खुला

कम्पनीले १ सय अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको हो ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । रसुवागढी हाइड्रोपावरको आइपीओ आज असार १३ गते सोमबारदेखि बिक्री खुला भएको हो। यसले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले १ सय अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

 

यस्तै, गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ३ बृद्धम, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चेका स्थानीयले पनि आवेदन दिन सक्नेछन ।

यस्तै, सामान्य प्रभावित बाँकी जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा छिटोमा असार २७ गतेसम्म र ढीलोमा भदौ १० गतेसम्म आइपीओ खुला रहनेछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

himalayan life insurance
igi long