आज आदर्श लघुवित्तको आइपीओ बाँडफाँट हुँदै

काठमाडौं । आज सोमबार असार १३ गते आदर्श लघुवित्तको आइपीओ बाँडफाँट गरिंदैछ । बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
यता, आदर्श लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ३२३.४२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ६ हजार २६१ जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी १८ लाख ८६२ जनाको भने हात खाली हुनेछ । यसमा कुल १८ लाख ७ हजार १२४ जनाले २ करोड २ लाख ५० हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् ।
कुल २ अर्ब २ करोड ५० लाख ९८ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
यो मध्ये ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ६२ हजार ६१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिने व्यवस्था रहेको थियो ।
रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
१३ असार २०७९, सोमवार ०७:४३ बजे प्रकाशित