stcnepal long ad
ime life insurance
national life
global ime bank long

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजीको ३८.३३ प्रतिशत अर्थात् प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसअनुसार पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, सर्वसाधारणसमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता शेयरमध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

आवेदन छिटोमा साउन १९ गतेसम्म दिन सकिनेछ । तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा साउन २९ गतेसम्म लम्बिनेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गरेको छ ।

IME Lifesidebar
kumari