stcnepal long ad
ime life insurance
national life
global ime bank long

आरती पावरले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता अंकित मूल्य रु. १ सय रुपैयाँ दरको ३६ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।

जसको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो  सम्बन्धमा कम्पनी र  क्यापिटल  बीच शेयर  निष्कासन  सम्बन्धी  द्विपक्षीय  सम्झौता सम्पन्न भएको छ ।

भदौ गते बिहिबारका दिन आरती पावर कम्पनी लिमिटेडको रजिष्टर्ड केन्द्रीय कार्यालय खुर्सानीटार, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आरती पावर कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

वि.सं.२०७२ सालमा प्रा।लि। को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको यस कम्पनीको अधिकृत पूँजी १ अर्व ४० करोड रुपैयाँ, जारी पूँजी पनि १ अर्व ४० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ०४ करोड रहेको यस कम्पनीले ३६ करोड रुपैयाँ बरावरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

माथिल्लो इर्खुवा जलविद्युत आयोजना कोशी प्रदेश को भोजपुर जिल्लामा अवस्थित छ । आयोजना क्षेत्र भोजपुरको प्रमुख ऐतिहासिक सहर मध्येको एक डिङ्लाबाट करिब १२ किलोमिटर उत्तर पश्चिममा पर्दछ ।

आयोजना स्थल साल्पा सिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा पर्दछ । परियोजनाको मुख्य  संरचना जस्तै हेडवर्क, सर्ज ट्यांक र पावर हाउस इर्खुवा खोलाको बायाँ किनारमा अवस्थित छ ।

१४.५ मे.वा. को क्षमता भएको यो आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिइ यथाशक्य चाडो विद्युत वितरण कार्य गरिने योजना रहेको छ । यस कम्पनीमा हाइड्रो क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

IME Lifesidebar
kumari