stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नाडा अटो शोमा दीपल एल०७ सहित अर्को ईभी पनि सार्वजनिक हुँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा दीपल ब्राण्डको नयाँ बिजुली गाडी भित्रिने भएको छ । चिनियाँ कम्पनी चांगानको नेपालस्थित आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले यो वर्षको नाडा अटो शोमा दीपल एल०७ इलेक्ट्रिक सेडान सार्वजनिक गर्ने तयारी गरेको हो ।

दीपल एल ०७ बाट ग्राहकले अझ सुधारिएको ड्राइभिङ अनुभव पाउने कम्पनीको भनाइ छ । यो इलेक्ट्रिक सेडानमा वेलकम सिट, एआर एचयूडी, जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन जस्ता अत्याधुनिक सुविधाहरूको समावेश गरिएको छ । यसले ५४० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनले जनाएको छ ।

एमएडब्लु वृद्धि अटोकर्पले नाडा अटो शोमा दीपल एल०७ बाहेक नयाँ ईभी मोडेल पनि प्रदर्शन गर्ने तयारी गरेको छ, तर यसबारे कुनै विवरण सार्वजनिक गरिएको छैन । यो नयाँ ईभीले कम्पनीको ट्यागलाइन ‘द फ्युचर’लाई नयाँ अर्थ दिने बताइएको छ ।​

prabhu mahalaxmi
kumari