भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ बाँडफाँट
५ जनाले पाए ११ कित्ता सेयर

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ मंगलबार (मंसिर ५ गते) बाँडफाँट भएको छ । यसमा कुल २ लाख ७ हजार ५२८ जना सर्वसाधारण आवेदकहरुले सेयर हात पारेका छन् ।
जसमध्ये २ लाख ७ हजार ५२३ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् ।यस आइपीओमा कुल ११ लाख ६१ हजार ५२९ जनाले आवेदन दिएकामा ४ हजार ६०२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ ।
योग्य ११ लाख ५६ हजार ९२७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यस कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।
साथै, भिजन लुम्बिनी उर्जाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट https://iporesult.cdsc.com.np/ पनि रिजल्ट हेर्न सकिन्छ । रिजल्ट हेर्न केही समय पर्खनु पर्नेछ ।
५ मंसिर २०८०, मंगलवार ०९:३६ बजे प्रकाशित