citizens life insurance long ad
stcnepal long ad

जुम्लामा कुमारी बैंकको नयाँ शाखा सञ्चालनमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले जुम्लाको वडा नं। ०६ चन्दननाथ नगरपालिकामा नयाँ शाखाको उद्घाटन गरेको हो। बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यसहित उक्त शाखा विस्तार गरेको हो।

यससँगै बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गर्दै आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको छ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर र ६४ शाखारहित बैंकिङ इकाइहरू मार्फत ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको छ।

IME Life
kumari