stcnepal long ad
global ime bank long

नबिल बैंक र नेपाल बंगलादेश बैंक बीच मर्जर हुने

अबको एक साताभित्रै सम्झौता गर्नेगरी प्रक्रिया अगाडि बढाइएको छ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल बंगलादेश बैंक (एनबी) मा रहेको आईएफईसीको सेयर बिनोद कुमार चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गरेसँगै नबिल बैंकसँग मर्जर प्रक्रियाले औपचारिकता पाएको छ।

मर्जरका लागि नबिल बैंकले गत पुस १४ बुधबार समिति गठन गरेको थियो भने गत पुस १५ बिहीबार बंगलादेश बैंकले मर्जर समिति गठन गरेको छ। दुवै समितिले अब संयुक्त छलफल गरेर मर्जरको प्रस्ताव तयार पार्ने छन्।

आईएफईसीको सेयर चौधरीले ४ करोड २२ लाख ६७ हजार ९११ कित्ता सेयर ६ अर्ब ६३ करोड ६० लाख रुपैयाँमा खरिद गर्ने निश्चित भएको छ ।

नबिल बैंकका सञ्चालक उदयकृष्ण उपाध्यायको नेतृत्वमा संयुक्त मर्जर समिति गठन भएको छ।  नबिल बैंकले यसअघि पनि उपाध्यायको संयोजकत्वमा मर्जर समिति गठन गरेको थियो। नबिलको सञ्चालक समितिले सोही समितिलाई कामको जिम्मेवारी दिएको छ।

मर्जर समितिले सेयर मिलान अनुपात (स्वाप) लगायत विषयमा छलफल गरेर सहमति गर्ने छ। नबिल बैंकले चौधरी ग्रुपको लगानी रहेको युनाटइटेड फाइनान्सलाई प्राप्ति गरेको थियो।

युनाइटेडलाई नबिल बैंकले ३५ रुपैयाँ स्वाप रेसियोमा आधारमा प्राप्ति गरेको थियो। तर बंगलादेशसँगको स्वाप भने टुंगिन केही समय लाग्ने बुझिएको छ।

अबको एक साताभित्रै सम्झौता गर्नेगरी प्रक्रिया अगाडि बढाइएको छ। जसमा स्वाप रेसियोको विषय भने दुवै बैंकको सम्पत्ति मूल्यांकन (डीडीए) गरेपछि मात्रै अगाडि बढ्ने भएको छ।

नबिल र बंगलादेश बैंकबीच मर्जको अन्तिम तयारीका लागि छलफलहरू भइरहेका छन्। नेपाल बंगलादेश बैंक (एनबी) मा रहेको आईएफईसीको सेयर बिनोद चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गरेसँगै नबिल बैंकसँग मर्जर प्रक्रियाले औपचारिकता पाइसकेको छ।

दुवै बैंकले मर्जरको लागि मर्जर समिति गठन गरिसकेका छन्। मर्जर समितिले सेयर मिलान अनुपात (स्वाप) लगायत विषयमा छलफल गरेर सहमति गर्ने छ।

नबिल बैंकले चौधरी ग्रुपको लगानी रहेको युनाटइटेड फाइनान्सलाई प्राप्ति गरेको थियो। युनाइटेडलाई नबिल बैंकले ३५ रुपैयाँ स्वाप रेसियोमा आधारमा प्राप्ति गरेको थियो।

तर मर्जको तयारीसँगै नेपाल बंगलादेश बैंक (एनबी) को सेयर किन्नेहरूको होड नै चलेको छ। सेयर मूल्य र लाभांशका हिसाबले नबिल बैंक अगाडि रहेको छ।

त्यसैले पनि सस्तो सेयर मूल्य भएको बैंक र महँगो मूल्यको बैंकमा मर्ज हुँदा सस्तो बैंकको सेयर किन्न लगानीकर्ता झुम्मिनु स्वभाविकै हो।

तर स्वाप रेसियो कति भनेर टुंगो नलागेसम्म सेयर खरिद मात्रै गर्दा कहिलेकाहीँ लगानीकर्ताहरू घाटामा जाने पनि गरेका छन्। स्वाप रेसियो १ः१ हुँदा बंगलादेश बैंकको सेयर खरिदकर्ता मालामाल हुनेछन्।

तर उक्त स्वाप रेसियोमा नबिल व्यवस्थापनले पक्कै पनि मर्ज गर्दैन। यसअघि नबिल बैंकले सिभिल बैंकलाई मर्जको प्रस्ताव गर्दा ४० को रेसियोमा प्रस्ताव गरेको थियो। तर सिभिल बैंकको उक्त प्रस्ताव ठाडै अस्वीकार गरेको थियो।

स्वाप रेसियोको विषय नटुंगिए पनि लगानीकर्ताहरूले भने एनबी बैंकको सेयर गत सातादेखि धमाधम किनेका छन्।

यो साताको अन्तिम दिन गत बुधबार पनि बंगलादेश बैंकको सेयर प्रतिकित्ता ३३.५० रुपैयाँले बढेर ४०२.५० रुपैयाँ कायम भएको छ। जुन ९.०८ प्रतिशतले बढी हो। नबिलसँग मर्जकै हल्लामा सेयर बढ्दै गयो भने बंगलादेश बैंकको सेयर मूल्य ७ सयदेखि ९ सयसम्म पुग्ने देखिन्छ।

गत बुधबार मात्रै बंगलादेश बैंकको ५ लाख २५ हजार ८ सय ४४ कित्ता किनबेच हुँदा २० करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। बैंकले १५.५ प्रतिशत लाभांश दिएको छ। जसमा बोनस सेयर १२ प्रतिशत र नगद ३।५ प्रतिशत लाभांश दिएको छ।

तर यता नबिल बैंकको सेयर मूल्यको गत बुधबार प्रतिकित्ता १४५० रुपैयाँमा कारोबार भएको थियो। आकर्षक लाभांश घोषणा गरे पनि बैंकको सेयर मूल्य भने खासै उचालिएको छैन।

गत बुधबार प्रतिकित्ता ३० रुपैयाँले घटेको थियो। भने ३ लाख २६ हजार १ सय ३९ कित्ता कारोबार भएको थियो।

बैंकले ३८ प्रतिशत लाभांश घोषणा गरेको छ। ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद दिएको छ। बुक क्लोज हुँदा अहिलेको भ्यालुअनुसार १०८३ रुपैयाँमा आए पनि बुक क्लोज अझै भएको छैन।

सेयर मूल्य घटिरहेकोले समायोजना हुँदा ९५० रुपैयाँसम्म आउन सक्ने देखिन्छ। अबको एक साताभित्रै सम्झौता गर्नेगरी प्रक्रिया अगाडि बढाइएको छ। जसमा स्वाप रेसियोको विषय भने दुवै बैंकको सम्पत्ति मूल्यांकन (डीडीए) गरेपछि मात्रै अगाडि बढ्ने छ।

 

IME Lifesidebar
kumari