बजारमा ६ खर्ब ५४ अर्ब ८८ करोड १७ लाखको नोट चलन चल्तीमा
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। केही दिनअघि सार्वजनिक राष्ट्र बैंकको वित्तीय विवरण अनुसार मंसिरसम्म बजारमा ६ खर्ब ५४ अर्ब ८८ करोड १७ लाख ६७ हजार ९१७ रुपैयाँ बराबरको नोट चलन चल्तीमा रहेका छन्।
अघिल्लो महिना कात्तिकसम्म बजारमा कुल ६ खर्ब ८७ अर्ब ७७ करोड ३० लाख ३२ हजार ९१७ रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको थियो।
वित्तीय विवरणअनुसार अनुसार १ महिनामा ३२ अर्ब ८९ करोड १२ लाख ६५ हजार रुपैयाँबराबरको नोट बजारबाट फिर्ता भएको छ।
मंसिरसम्म राष्ट्र बैंकको जम्मा राष्ट्र बैंकसम्पत्ति १५ खर्ब ७० अर्ब रुपैयाँ बढी रहेको छ। कात्तिकसम्म जम्मा सम्पत्ति १५ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो। मंसिरसम्म ५ अर्ब पुँजी रहेकोमा जगेडामा ३ खर्ब ७९ अर्ब रुपैयाँ बढी रहेको जनाएको छ।























