Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न

civilbank long ad

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज नै प्रि अलोटमेण्ट सम्पन्न गरी आज नै बाँडफाँड भएको हो ।

सर्वसाधारण समुह तर्फको ६४ लाख ५० हजार कित्तामध्ये ५ प्रतिशत अर्थात तीन लाख २२ हजार ५०० कित्ता कर्मचारी र यतिनै बराबरको शेयर म्युचुअल फण्डलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको ५८ लाख ५ हजार कित्ता आम सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् ।

योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये भाग्यसाली ५ लाख ८० हजार ५ सयले १०र१० कित्ता शेयर प्राप्त गर्न सक्ने छन् । बाँकि १५ लाख २७ हजार ७९९ जनाको हात खालि भएको छ ।

कम्पनीको आइपीओमा आवेदन दिनेमध्ये ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको छ । जसमध्ये दोहोरो आवदेन दिने ४ हजार ८०१ जनाको आवेदन रद्द भएको छ भने बाँकि बैंकमा प्रयाप्त पैसा नभएका तथा अन्य कारणले ६५ हजार १७५ जनाको आवेदन रद्द भएको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

असार २४ गतेदेखि २८ गतेसम्म निष्काशन भएको प्राथमिक शेयरका लागि २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । जसमध्ये बाँडफाँडका लागि २१ लाख १२ हजार ७९९ जना मात्रै योग्य भएका छन् ।

 


३१ असार २०७८, बिहीवार ११:२३ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad