stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

मेगा बैंकलाई आइएसओ प्रमाण–पत्र

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारा लिएको मेगा बैंकले ‘आईएसओ ९००१ः २०१५’ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई आईएसओ ९००१ः २०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरे वापत बुधबार प्रमाणपत्र प्रदान गरेको हो । सञ्चालनको छोटो अवधिमै एक लोकप्रिय एवं प्रतिष्ठित संस्थाको परिचय बोक्न सफल मेगा बैंकले आधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको र व्यवस्थापनमा गुणस्तर कायम गरेकोले प्रमाणिकरणको रुपमा आइएसओ प्रमाण पत्र पाएको हो ।
तीब्र गतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले स्थापनाको एक दशक नबित्दै आफ्नो शाखा सञ्जाल र व्यवसायलाई देशभर विस्तार गरिसकेको छ । मेगा बैंकका अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु छन् । बैंकको आफ्नै विप्रेषण प्रविधि “मेगा रेमिट” को देशभर लगभग २,५०० भन्दा अधिक प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २१ पुगेको छ ।

kumari bank
kumari
nawakantipur long