stcnepal long ad
global ime bank long

ग्लोबल आइएमई क्यापिटल र साधना लघुवित्तको शेयर विक्रीको सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साधना लघु वित्त वित्तीय संस्था लिमिटेडका बीच ६ लाख ३० हजार कित्ता साधारण शेयर प्रति कित्ता रु.१ सय को दरले हुने कुल रकम रु.६ करोड ३० लाख निष्कासन तथा विक्री गर्ने सम्बन्धमा २०७६ साल मंसिर १२ गते बिहिवार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल तथा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारको हरमटारी स्थित केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि. ले तनहुँ जिल्लाको डुम्रेमा रहेको आर्थिक सम्वृद्धि लघुवित्त वित्तीय संस्थालाई हालै मात्र प्राप्ती (एक्विजिसन) गरेर घ वर्गको लघुवित्त संस्थाहरुमा मर्जर÷एक्विजिसन गर्ने पहिलो लघुवित्त वित्तीय संस्थाको रुपमा दर्ज भएको छ भने एक्विजिसन पश्चात् हालै मात्र साधना लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा ईजाजतपत्र समेत प्रदान गरेको छ । हाल १४ करोड ७० लाख चुक्ता पूँजी रहेको साधारण शेयर निष्कासन पश्चात् जारी तथा चुक्ता पुँजी रु. २१ करोड पुग्ने छ ।

IME Lifesidebar
kumari