stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

फागुन ४ काठमाडौं । मुलुकको शोधनान्तर स्थिति २६ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको छ । पछिल्ला दिनहरुमा शोधनान्तर अवस्था सकारात्मक बन्दै गएको हो । मुलुकबाट बाहिरिने भन्दा भित्रिने रकम धेरै हुँदा शोधनान्तर बचतमा रहन सकेको हो । केन्द्रीय बैंकले मुलुकको चालु आर्थिक वर्षको ६ महिना (पुससम्म) को आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै यस्तो तथ्यांक प्रस्तुत गरेको हो ।
यता, रेमिटेन्स पनि यसअवधिमा ०.९५ ले बढेर ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ भित्रिएको छ । गत वर्ष यसैबेला रेमिटेन्स वृद्धिदर ३०.२५ थियो । यसअवधिमा आयात ४५ ले घटेको छ भने निर्यात २६.१५ ले बढेको छ । यो पनि मुलुकको अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो ।
उपभोक्ता मूल्य वृद्धिदर ६.८२५ (वार्षिक) रहेको छ । ६ महिनाको औसत मूल्य वृद्धिदर ६.४१५ छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.२५ ले बढेको छ । निजी क्षेत्रको कर्जा प्रवाह ८.६५ वृद्धि भएको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १६.३५ र कर्जाको वृद्धिदर १५.१५ रहेको छ ।

IME Lifesidebar
kumari