stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल बंगलादेश बैंकद्धारा पशुपति क्षेत्रको सरसफाइका लागि डस्वीन वितरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

५ फाल्गुन २०७६, सोमबार,

काठमाडौं । नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत शनिबार पशुपति क्षेत्र विकास कोषको सहकार्यमा एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघले संरक्षण गर्ने गरी डस्वीन हस्तान्तरण गरेको छ ।
नेपाल बङ्गलादेश बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उदघाटन प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले गरेका थिए ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. खतिवडाले विश्व सम्पदा सूचि पशुपति नाथ क्षेत्र वरीपरीको सरसफाइले नेपाली समाजको सभ्यतालाई विश्वभर चिनाउने बताए ।

विश्व सम्पदा सूचि पशुपति नाथ क्षेत्रमा बैंंकले पहिले देखिनै गर्दे आएको यस प्रकारको लगानीको सामाजिक रुपमा उच्व मुल्याङकन रहेको बताए ।
यस कार्यक्रममा बैंकको तिलगंगा शाखाको ए.टि.एम पनि उदघाटन गरिएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकमा खाता नभएका नेपालीहरुलाई नयाँ खाता खोले रु १ सय बैकले बचत गरिदिने बताए ।

IME Lifesidebar
kumari