stcnepal long ad
ime life insurance
national life
global ime bank long

सूर्या लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा गायिका इन्दिरा जोशी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गायिका तथा लोकप्रिय टेलिभिजन शो नेपाल आइडलकी जज इन्दिरा जोशी ब्राण्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । काठमाडौंको होटल ¥याडिशनमा उनले कम्पनीसँगको सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै यसमा आवद्ध भएकी हुन् ।
उनलाई सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट एमडी आरटीका विजेता अभिकर्ताहरू सहित कम्पनीका सीईओ र अध्यक्ष तथा कम्पनी बोर्डका निर्देशकहरुले स्वागत गरेका थिए ।

कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले नयाँ ब्राण्ड एम्बेसडर पाएकोमा खुशी व्यक्त गर्दै यसले कम्पनीलाई नयाँ दिशामा अघि बढाउने बताए । जोशी र हामी सबै मिलेर नयाँ अवसरको खोजी र चुनौतीको सामना गर्दै सबै उमेर, समूह र क्षेत्रका मानिसको बीमा गराउन सक्छौं भन्ने मलाई लाग्छ ।”
कम्पनीका सीईओ शिवनाथ पाण्डेले ब्राण्ड एम्बेसडरको सहयोगमा कसरी ग्राहकसँग जोडिन र उनीहरुलाई प्रभावकारी सेवादिन सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए ।

’उहाँको प्रभावग्राहकलाई बीमाको लागि प्रेरित गर्न र जीवन बीमाको विषयमा धेरै सचेतना आवश्यक रहेका मानिसलाई पनि जीवन बीमाको विषयमा जानकारी दिन निकै महत्वपूर्ण छ ।’ उनले भने ।

यसै बीच सूर्या लाइफको ब्राण्ड एम्बेसडर बनेसँगै जोशीले भनिन, ’म यस कम्पनीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा निकै उत्साहित र गौरवको महशुस गरिरहेको छु ।’ ब्राण्ड एम्बेसडर बनेसँगै जीवनबीमाको विषयमा सचेतना र शिक्षा फैलाउनमा मेरो महत्वपूर्ण भूमिका हुनेछ ।

IME Lifesidebar
kumari